मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)
विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ ।
वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मेष राशिका लागि यो महिना सुखद् रहनेछ । कार्यउन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुख मिल्नेछ । शत्रु पक्ष दुर्वल देखिन्छन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । पारिवारिक सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा पारख बढ्नेछ । आय आर्जनका स्रोत बढ्नुका साथै सन्तति सुख पनि प्राप्त हुने देखिन्छ ।
विद्या एवं स्वास्थ्यको क्षेत्र सबल रहनेछ । कला साहित्यका साथै सांगीतिक क्षेत्रमा पनि विशेष संलग्नता रहने महिनाको राशिफल रहेको छ । असार महिनामा नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
शुभकार्यको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
No comments:
Post a Comment