Skip to main content

Posts

Showing posts from February, 2019

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु !!!

काठमाडौं  :  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टरका पूरै भाग जलेर ध्वस्त भएको छ । हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भागमात्र बाँकी रहेको हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । भर्खरै घटनास्थल पुगेको प्रहरीले पनि चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे हाे । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटीका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराकाे नजिक रहेकाे छ।’ ‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख भट्टराईले भने, ‘दुर्घटना ...

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरमा चुनावी माहौल, को बन्ला अध्यक्ष ?

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरमा चुनावी माहौल, को बन्ला अध्यक्ष ? ललितपुर, फागुन १४ । मौसम चिसो छ, तर यो मौसमले सहकारी क्षेत्रलाई भने छोएको छैन । यतिवेला ललितपुर बचत तथा ऋण सहकारी संघको चुनावी माहौलले तातेको छ । संघको फागुन १८ गते हुन लागेको २४ औ साधारणसभा र सञ्चालक समितिको चुनावले ललितपुर सहकारी क्षेत्रको माहौल निक्कै तातेको हो । हाल बचत संघमा जिल्लाका ५११ संस्था आबद्ध रहेका छन् । दुई कार्यकाल समाप्त भइसकेर पनि तेस्रो कार्यकालको दाबी गर्दै आएका हालका अध्यक्ष रामशरण घिमिरे र हालका सचिव रामहरि बजगार्ईबिच प्रतिस्पर्धा हुने भएको छ । संघको स्थापना कालदेखि नै ललितपुर बचत तथा ऋण संघमा प्रजातान्त्रिक धारका सहकारीकर्मीहको बचस्व रहेको छ । यसपालिको निर्वाचनमा पनि त्यो विरासत जोगाउन चाहन्छन् रामशरण घिमिरे । उनी सञ्चालक समितिमा आफ्नो प्यानल नै बनाएर अघि बढेका छन् । त्यसैगरी नेकपाले पनि रामहरि बजगाईको नेतृत्वमा प्यानललै घोषणा गरी अघि बढेका छन् । ललितपुर जिल्लामा रहेका ११ सयभन्दा बढि प्रारम्भिक सहकारी संस्थाहरुमा आबद्ध २ लाख जना भन्दा बढि ब्यक्तिहरुको विश्वास जित्दै ललितपुर जिल्ला ...