Skip to main content

Posts

पुष २७ गते सार्वजनिक विदा घोषणा गर्न माग !!

काठमाडौं – स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा घोषणा गर्न सरकारसँग माग गरेको छ । आज नयाँ बानेश्वरमा आयोजित र्याली पछिको कोणसभामा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।  कोणसभामा वक्ताहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन आह्वान गर्दै पुष २७ गते सार्वजनिक विदा दिने प्रचलन सुरु गर्न आग्रह गरेका थिए ।  वक्ताहरुले शाहवंशीय राजा र हिन्दु अधिराज्यनै देशको पहिचान भएको दाबी गर्दै आफुहरुका चाहना पनि त्यसको पुनस्र्थापना गर्नु रहेको बताएका थिए ।   कोणसभाअघि माइतीघरदेखि नयाँ बानेश्वर र्यालीको आयोजना गरिएको थियो । 

पेट्रोलियम पदार्थको मूल्य घट्यो !!

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मध्यराति १२ बजेदेखि लागू हुने गरी घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको हो । पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार घटेको मूल्य समायोजनपछि नेपालको वीरगञ्जतर्फको सीमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।