काठमाडौं– स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा घोषणा गर्न सरकारसँग माग गरेको छ । आज नयाँ बानेश्वरमा आयोजित र्याली पछिको कोणसभामा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।
कोणसभामा वक्ताहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन आह्वान गर्दै पुष २७ गते सार्वजनिक विदा दिने प्रचलन सुरु गर्न आग्रह गरेका थिए । वक्ताहरुले शाहवंशीय राजा र हिन्दु अधिराज्यनै देशको पहिचान भएको दाबी गर्दै आफुहरुका चाहना पनि त्यसको पुनस्र्थापना गर्नु रहेको बताएका थिए ।
कोणसभाअघि माइतीघरदेखि नयाँ बानेश्वर र्यालीको आयोजना गरिएको थियो ।